I'm anil Upadhayay, working TV journalist and I'm a MAMCJ student at kantipur City College. I would like all my friends to participate for relevant topic discussion regarding our college courses and current affairs as well. happy blogging...
19 August, 2010
एनसेलले ब्ल्याकबेरी ल्यायो
काठमाडौ, भाद्र ३ - निजी क्षेत्रको पहिलो दूरसञ्चार सेवा प्रदायक कम्पनी स्पाइस नेपाल (एनसेल) ले नेपालमा ब्ल्याकबेरीको सेवा भित्राएको छ । एनसेलले ल्याएको सेटको मूल्य ४९ हजार ९ सय ९९ (भ्याटसहित) रुपैयाँ पर्छ । 'ब्ल्याकबेरी बोल्ड ९७००' मोडलको सेटको पूरै मूल्य सुरुमै बुझाउनुपर्छ । अमेरिका, युरोप र विकसित मुलुकमा एनसेल निकै प्रचलित ब्रान्ड हो ।
ब्ल्याकबेरीका सुविधा प्रयोग गरेबापत मासिक 'बिआइएस' सेवा प्रयोगकर्ताले १ हजार रुपैयाँ र 'बिइएस' उपभोक्ताले १ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । बिआइएस भनेको सर्वसाधारणले लिने सुविधा हो भने बिइएस भनेको कर्पोरेट उपभोक्ताले लिने सेवा हो । यसमा डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।
यसमा पोस्टपेड सिम रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्तिनेनले बताए । ब्ल्याकबेरीबाट पाउने सुविधाबाहेकमा फोन गर्दा भने थप शुल्क तिर्नुपर्छ । ब्ल्याकबेरीमा बजारमा पाइने स्मार्ट मोबाइल सेटका सबै र आफ्नो भिन्दै सुविधा छ । कम्पनीले अन्य मोडलका ब्ल्याकबेरी सेट पनि नेपाल भित्राउने योजना रहेको जनाएको छ ।
स्मार्ट फोनअन्तर्गत पर्ने ब्ल्याकबेरीमा डाटा सजिलैसँग आदानप्रदान गर्न सकिने, पुस मेल, याहु म्यासेन्जर, गुगल, फेसबुकलगायत एप्लिकेसन चलाउन मिल्छ । यस्तै वायरलेस इमेल, वाइफाई, कर्पोरेट डाटा एसेसलगायत सुविधा पनि यसमा छन् । यस सेटमा ३ दशमलव २ मेगा पिक्सेलको क्यामेरा छ । क्वेटिक की भएको यो सेटमा ब्ल्याकबेरी म्यासेन्जर पनि छ । डाटा कम्प्रेसन गर्ने भएकाले धेरै डाटा कम ठाउँमा अट्छ ।
बनेपा, पुल्चोक, पोखरा, विराटनगरबाट सुरुमा ब्ल्याकबेरी सेट उपलब्ध हुने कोइस्तिनेनले बताए । 'हामीले मध्य तथा उच्च वर्गका ग्राहकलाई लक्षित गरेर यो सेवा भित्राएका हौं,' उनले भने । ब्ल्याकबेरीको सेट आफैंसँग भएका ग्राहकले मासिक शुल्क तिरेर यसमा हुने सुविधा लिन सक्नेछन् । एनसेलले ब्ल्याकबेरी उत्पादक कम्पनी रिसर्च इन मोसन (रिम) सँग सहकार्य गरेर नेपालमा यो सेवा भित्राएको हो । कम्पनीका एनसेलका प्रमुख व्यापार अधिकृत मन्सुर खामिदोभका अनुसार अहिले विश्वभर ४ करोड १० लाख ब्ल्याकबेरी प्रयोगकर्ता छन् । त्यस्तै विश्वका १ सय ७५ मोबाइल सेवा कम्पनीले ब्ल्याकबेरी सेवा दिइरहेका छन् ।
भारतका साथै अन्य मुलुकमा सुरक्षा नभएको भन्दै ब्ल्याकबेरीबाट आदानप्रदान हुने मेसेजमाथि नियामक निकायको पहुँचका विषयमा चर्चा भइरहेको बेला नेपालमा सेट भित्रिएको छ । 'हामी राजनीति गर्न आएका होइनौं,' पासीले भने, 'उपभोक्तालाई गुणस्तरीय सेवा दिनु हाम्रो लक्ष्य हो ।' उनले याहु, जिमेल जस्तै ब्ल्याकबेरीको डाटा मात्र क्यानडास्थित रिमको सर्भरमा जान्छ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई ब्ल्याकबेरी ल्याउन अनुमति दिँदा जुनसुकै प्रकारका डाटा प्राधिकरणले चाहेको अवस्थामा एनसेलको कार्यलयबाट उपलब्ध गराउनुपर्ने सर्त राखेको छ ।

09 June, 2010
KCC Pokhara tours and my absence
I've create blog to go along with my friends
I've created by blog as a part of my college study especially as an assignment of Multimedia Applications. I would like to thaks to my Teacher Anish Shrestha for the initation...
Subscribe to:
Posts (Atom)